बाजुरामा सुत्केरी आमा र शिशुको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ९ चैत । बाजुरामा सुत्केरी आमा र सात दिनको शिशुको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी गर्भवती सुरता रोकाय र उनले जन्म दिएको शिशुको मृत्यु भएको हो । उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याइएको थियो ।

बडीमालिका नगरपालिका १ की २१ बर्षकी रोकाया र नवजात शिशुको उपचारको क्रममा शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्