काठमाडौं, ७ चैत। दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछुतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने बताएका छन् ।
उनीहरुले आज अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवसका अवसरमा काठमाडौंको माइतिघरमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको ध्यानाकर्षण सभामा यस्तो माग गरेका हुन् ।
उनीहरुले अझै पनि जातीय भेदभाव कायमै रहेकाले पूर्ण रुपमा भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका हुन् ।
उनीहरूले समान हक र समान अवसरसहितको समाजवादको आधार निर्माणका लागि संविधान सशोधन हुनुपर्ने माग राखेका छन् ।
ध्यानाकर्षणसभामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले देश परिवर्तनको बाटोमा अघि बढेका बेला पछाडी परेका समूदायलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।











