काठमाडौं, ४ चैत । इजरायलका रक्षामन्त्री इजरायल कात्जले इरानका इन्टेलिजेन्स मिनिस्टर (गुप्तचरमन्त्री) इस्माइल खातिब मारिएको दाबी गरेका छन् । उनले गएराति इरानका मन्त्री खातिब मारिएको दाबी गरेका हुन् ।
पछिल्लो रात इरानका इन्टेलिजेन्स मिनिस्टर खातिबलाई पनि समाप्त गरिदिएका छौं कात्जको बयान उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै अल जजिराले पनि इजरायलका रक्षामन्त्री कात्जले इरानका गुप्तचरमन्त्री खातिबको हत्या गरिएको दाबी गरेको समाचार प्रकाशित गरेको छ । इजरायली सैन्य विश्लेषकहरूका अनुसार खतिब इरानका नयाँ सर्वोच्च नेतासँग नजिक रहेका व्यक्ति थिए ।
तर, इरानले इजरायलको पछिल्लो दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन । खातिबलाई पूर्व राष्ट्रपति इब्राहिम रइसीले सन् २०२१ मा मन्त्री नियुक्त गरेका थिए ।












