समानुपातिक सांसदलाई प्रमाणपत्र भोलि प्रदान गरिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ चैत । निर्वाचन आयोगले बिहिबार (भोलि) प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ ।

भोलि बिहान आयोगले १ सय १० जना समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिन लागेको हो । बिहान साढे ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइने आयोगले जनाएको छ ।

आायोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७ जना, नेपाली कांग्रेसका २० जना, नेकपा (एमाले)का १६ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ९ जना, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४–४ जना निर्वाचित भएका छन् । ६ दलबाट ११० जना सांसदहरु निर्वाचित भएका छन् ।

नवनिर्वाचित सांसदहरुको सपथ भने चैत १२ गते हुने भएको छ ।

संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरुको शपथ गराउने तयारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्