काठमाडौँ, २ चैत । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।उनले आज शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् ।
उनले भेटमा भदौ २३ र २४ का घटनापछि अनिश्चिततालाई अन्त्य गर्न अभिभावकीय भूमिका खेलेको प्रति आफूले राष्ट्रपतिलाई धन्यवाद दिएको जनाएका छन् ।











