दाङ–२ मा रास्वपाका विपिन आचार्य विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सदस्य चुनावमा दाङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का विपिनकुमार आचार्य २८ हजार २७५ मतान्तरले विजयी भएका छन् ।

आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का शङ्कर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गरे ।

यस्तै नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त गरे र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निर्मल आचार्यले ७ हजार ८० मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्