पर्सा २ मा रास्वपाका सुशील साह कानु भारी मतान्तरले विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु भारी मतान्तरसहित विजयी भएका छन्। उनले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका अजय चौरसियालाई पछि पार्दै राजनीतिमा नयाँ अध्याय सुरु गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कानुले २५ हजार २ सय ५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले १० हजार ८० मत प्राप्त गरेका छन्। यससँगै कानुले चौरसियालाई १५ हजार १ सय ७० मतान्तरले पराजित गरेका हुन्।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादवले ९ हजार ८ सय ४४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्