काठमाडौँ, २२ फागुन । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।
हिजो साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । यो कांग्रेसको दोस्रो जित हो ।











