वरिष्ठ राजनीतिज्ञ विश्ववन्धु थापाको निधन

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ३ फागुन । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विश्वबन्धु थापाको निधन भएको छ। ९८ वर्षीय थापाको उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा हिजो साँझ निधन भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए।

झन्डै एक महिनाअघि उनलाई स्ट्रोक भएको थियो। २००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक थिए।

तत्कालीन राजा महेन्द्रबाट २०१७ सालमा चालिएको कदमपछि पञ्चायतलाई वैचारिक र साङ्गठनिक रूपमा नेतृत्व दिएका थापा राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत भए।

उन नेपाली कांग्रेसको महामन्त्री, तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका थिए। थापाको अन्त्येष्टि अघि पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म निजी निवास गैह्रीधारामा श्रद्धाञ्जलीका लागि राखिनेछ र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्