जेनजी विद्रोहले चुनाव सम्भव बनायो, कांग्रेस जित्ने विश्वास छ:गगनकुमार थापा

खबर बुक
  • ख-
  • ख+

सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी विद्रोहले वर्तमान चुनाव सम्भव भएको बताएका छन्।

सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने वातावरण बनिसकेको उल्लेख गर्दै मतदातासँग भरोसा र समर्थनको अपिल गरेका छन्।

उनले भने, “मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो। यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ।”

थापाले चुनाव दुई वर्षपछि हुने अपेक्षा भए पनि जेनजी विद्रोहले प्रक्रिया छिटो अघि बढाएको बताए। उनले भने, “हामीले त चुनाव दुई वर्षपछि आउला भनेर सोचेका थियौँ, तर जेनजीहरूले विद्रोह गरिदिनुभयो र सुशासन खोज्न थाल्नुभयो। यसले गर्दा चुनाव छिटो आयो। कांग्रेसले चुनावको स्वागत गरेको छ। नयाँ नेतृत्व छान्न तयार छ। भोट तपाईंहरूकै हातमा छ।”

सभापति थापाले आज सप्तरीको हनुमान नगर, रुपनी, कदमचोक र सिराहाको लहान, जिरो माइल तथा गोलबजारमा पनि सम्बोधन गरेका थिए। यसअघि उनले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्