झापा–५ का सुकुम्बासीलाई भेटन पुगे बालेन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका छन् । झापा–५ मा उम्मेदवार समेत रहेका बालेनले आज बिहान बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका हुन् ।

साह आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन् । यस्तै ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ’ भन्ने कुरा आफूले सुनेको भन्दै बालेनसमक्ष चिन्ता प्रकट गरेका छन् ।

जवाफमा बालेनले सुकुमवासीको ज्यान जोगाउन डोजर चलाएको दाबी गरेका छन् ।

उनले भनेकका छन् ‘काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो । उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ। त्यहाँभन्दा माथिसम्म नै पुग्छ । असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि त,’ सुकुमवासी समुदायको जिज्ञासामा बालेनले भनेका छन्,‘त्यसैले उहाँहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा राख्नुपर्‍यो भनेर गरेको हो । तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो । खास त उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो ।’

तर झापाका सुकुमवासी वास्तविक रहेको बालेनले बताए ।

भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती हुने र वास्तविक सुकुमवासीले लालपूर्जा नपाउने समस्या देखिएकाले त्यसो नहोस् भन्ने आफूले चाहेको बालेनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्