उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसहित वर्षाको सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १९ माघ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र एक दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।

सोमबार तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू(भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍भागका एक(दुई स्थानमा हल्का हिमपात वर्षाको सम्भावना रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्