हुम्लामा यो वर्षकै पहिलो हिमपात

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १० माघ। हिमाली हुम्लाको सदरमुकाम सिमकोटमा हिमपात भएको छ । जिल्लामा हरेक वर्ष मंसिर महिनादेखि नै सुरू हुने हिमपात यस वर्ष माघ महिनामा पहिलो हिमपात भएको हो ।

लामो समय हिमपात नहुदाँ हुम्ली कृषकहरू चिन्तित बनेका थिए । कात्तिक महिना लगाएको जेठासी बाली सुक्दै गएपछि यहाँ कृषकहरू चिन्तित बनेका थिए । माघ महिनामा हिउँ परेपछि कृषकहरूको मुहारमा खुसि छाएको छ ।

यस्तै, हुम्लासहित मुगु, जुम्लामा पनि हिमपात भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्