नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या ६२.४ प्रतिशत पुगेको छ। आइतबार साँझ भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको मञ्चबाट नाम दर्ता गराएका प्रतिनिधिको आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।
कांग्रेसमा देशभर गरी जम्मा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। तीमध्ये ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। पार्टी विधानअनुसार कुल प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ।
विधानले तोकेको मापदण्डभन्दा बढी प्रतिनिधिको सहभागिता सुनिश्चित भएपछि विशेष महाधिवेशन वैधानिक रूपमा अघि बढेको नेताहरूले बताएका छन्।












