काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन आ्इतबार भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि नाम दर्ताको तयारी थालिएको छ । बिहान ८ बजेदेखि नै नाम दर्ता सुरु गर्ने तयारी गरिएको छ ।
नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ ।
आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२०) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् ।
संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ र उनीहरुले आजनै जिल्ला सभापति र युवाको भेला गर्दैछन् ।










