नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आवहान गरेको छ । आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक आवहान गरिएको हो ।
बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएपछि त्यसबारे निर्णय लिन बैठक बस्न लागेको स्रोतको भनाइ छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यहीँ पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् ।










