काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आवहान गरिएको छ। आज दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ ।
कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थितिका अनुरोध गरिएको छ ।










