काठमाण्डौं, २२ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई घण्टाका लागि सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने गरि समय तालिका परिवर्तन गरिएको पार्टीका मुख्यम सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।
सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बोलाइएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्गो लगाउनेबारे छलफल हुनेछ ।
बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ ।










