बारामा १० किलो गाँजासहित दुई युवक पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १६ पुस । भारतीय सीमा जोडिएको बाराको सिम्रौनगढ नगर क्षेत्रबाट १० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । बारा पचरौता नगरपालिका–३ रामनगर टोलका ३३ वर्षीय राजकुमार कुशवाहा र वर्ष २८ को पुनदेव पटेल लाई गएराति पक्राउ परेका इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहले जानकारी दिए ।

सिम्रौनगढ नगरपालिका ३ ब्रहमस्थान रामनगरबाट डाट गाउँ तर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको दुईपोका १० किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहले बताएका छन्।

बरामद गाँजा, मोटरसाइकल ,चालक राजकुमार कुशवाहा र पछाडि बसेका पुनदेव पटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्