एमालेले समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

विभिन्न जिल्लाबाट प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको उनले बताए ।

भट्टले बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने निर्णय भएको उल्लेख गरे ।

बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीसंगको भेटमा निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएको तर बाहिर तोडमोड गरेर आएको बताउनुभएको भट्टले जानकारी दिए । अहिले पनि संसद पुनस्र्थापनाका लागि दवाव दिनुपर्ने, निर्वाचन भए बुथको सुरक्षाका लागि एमालेको स्वयंसेवक फोर्स खटिनका लागि तयार गर्नुपर्नेमा समेत ओलीले जोड दिनुभएको भट्टले बताए ।

उपमहासचिव भट्टले रास्वपा र बालेनको बिचार सिद्धान्त स्पष्ट नभएको र लेनदेनमा भएको सम्झौता कति समयसम्म टिक्छ भन्ने हेर्न बाँकी रहेको धारणा राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्