राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा रहेकाले नविनतम समझदारी आवश्यक रहेको बताएका छन ।
आइतबार विराटनगरमा पार्टीस्तरीय जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले मुलुक भुराजनैतिक द्वन्द्वमा फसिसकेकोले विदेशी हस्तक्षेप रोक्न पनि पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक रहेको बताएका हुन ।
उनले राजनीतिक निकासका लागि फागुन २१ गतेको निर्वाचन अघि नै गोलमेच सम्मेलन गरेर समस्याको निकास निकाल्नु उपयुक्त हुने बताए। वर्तमान व्यवस्थाकै आधारमा निर्वाचन भए पछि पनि द्वन्द्व कायम रहने उनले बताए। अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनको माग सम्बोधन नभए सम्म निर्वाचनको औचित्य पुष्टि नहुने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन जनताको माग भएको जिकिर गरे।
अधिवेशनमा अन्य नेताहरुले पार्टीमा युवाहरुको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।











