सरकारले नेपाल नागरिकता चौथो संसोधन नियमावली २०८२ स्विकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दे संचार तथा सुचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले गृहमन्त्रालय अन्र्तगतका निकायहरुको संगठन संरचना र दरबन्दी स्विकृत गर्ने निर्णय भएको जानकारी दिए।
त्यसतै सरकारले बैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकहरुले नेपाल आएको बखत रेसिडेन्सि कार्डको सक्कल र फोटोकपी सहित आवेदन पेश गरेको खण्डमा श्रमस्विकृति दिन स्विकृति प्रदान गर्ने निर्णय गरेको छ । नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारवीच जापान इन्टरन्यासनल ट्रेडिङ कोअपर्रेसन अर्गनाइजेसन जितको अन्र्तगत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्वन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णय समेत भएको प्रवक्ता खरेल जानकारी दिए।
जगदिश खरेल, सुचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता त्यसतै सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेश प्रदेशको मुख्य प्रमुख सचिव पदमा सह सचिव श्री कमल प्रसाद भट्र्राइलाइ कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ ।











