काठमाडौं, पुष ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश निर्वाचनमय भएको बताउनुभएको छ ।
नेशनल प्रेस क्लव नेपालले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री खरेलले राजनीतिक दल, मतदाता सवै निर्वाचनका लागि तयार रहेको र सरकारले पनि आवश्यक वातावरण बनाएकाले देश निर्वाचनमय भएको बताउनुभएको हो । निर्वाचनका लागि सवै सुरक्षा प्रवन्ध सरकारले गरिसकेको उहाले बताउनुभयो ।
मन्त्री खरेलले बिभिन्न राजनीतिक दलसंगको छलफलमा पनि निर्वाचनमा सहभागी हुने प्रतिवद्धता आएकाले सरकार थप उत्साहित भएर तयारीमा जुटेको बताउनुभयो । उहाले सरकार निर्वाचनका साथै भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न केन्द्रीत रहेको धारणा राख्नुभयो ।
भ्रष्टाचारको अनुसन्धान गर्ने निकायहरुलाई राज्यको तर्फबाट कुनै हस्तक्षेप नगरिएको भन्दै मन्त्री खरेलले पहिलो समयमा भ्रष्टाचारका धेरै मुद्दाहरु दर्ता भएको उल्लेख गर्नुभयो ।
फरक प्रसंगमा उहाले आफुहरु मन्त्री भएको ६० दिनभित्रै सम्पती बिवरण मन्त्रिपरिषद् कार्यालयमा बुझाएको जानकारी गराउनुभयो । नियमावलीमा सम्पत्ति विवरण गोप्य रहने उल्लेख भएपनि बिगतका केहि सरकारले सार्वजनिक गर्ने गरेको उहाको भनाइ छ ।











