देशभर पश्चिमी वायुको आंशिक प्रभाव

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ ।

आज दिउसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति पनि यही सिलसिला रहनेछ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्