नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वि.सं. २०८२ साल पुष ९ गते बुधबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ। बैठकमा निर्धारित एजेन्डामाथि छलफल हुने जनाइएको छ।
बैठकमा उपस्थितिका लागि सम्बन्धित सबै पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।











