राजनीति दल र नेताहरुलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने एमालेको अडान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष ८ । नेकपा एमालेले राजनीति दल र नेताहरुलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिसंगको छलफलका क्रममा एमालेले नेताहरुलाई स्थानहद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको हो ।

छलफलपछि एमाले उपामहासचिव रघुविर महासेठले आफुहरु निर्वाचनको विरोधी नभएको तर सरकारले नै निर्वाचनको उचित वातावरण बनाउन नसकेको जानकारी गराएको बताउनुभयो । एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेकै कारण सरकारले एमाले अध्यक्षलाई स्थानहद तोकिएको उहाले बताउनुभयो ।

उहाले पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पार्नुभयो । महासेठले चूनावी वातावरण बनाउने काम एमालेको नभइ सरकारको भएकाले स्थानहद तोक्ने निर्णय हटाउन सुझाव दिएको जानकारी दिनुभयो ।

त्यस्तै उच्चस्तरीय राजनीतिक सम्वाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र देश चुनावमय बनिसकेको बताउनुभयो । एमालेका नेताहरुले चूनावी वातावरण बनाए निर्वाचनमा भाग लिने जानकारी गराएको उहाले बताउनुभयो । खरेलले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाइदिने सरकारले प्रतिवद्धता जनाएको धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्