दुई संसदीय समितिको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ८ पौष । संघीय संसदअन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल हुनेछ ।

दिउँसो साढे २ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इआइएको सहजीकरण सम्बन्धमा बैठकमा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्