परिवर्तनका लागि राजनीतिक दलहरु सच्चिएर अघि बढ्नु पर्छ : प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

निर्वाचन कानुन एवं व्यवस्थापनका बिषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफमा प्रधानमन्त्री कार्कीले देशको सर्वैसर्वा भनेको जनता नै रहेको भन्दै राजनीतिक दलभित्र आफ्नो तनाव जनतालाई पोख्न नहुने समेत बताउनुभयो ।

उहाले जनताको भावना अनुसार नै राजनीतिक दलहरु चल्न सक्नुपर्ने र कसैले पनि मेरो गोरुको बाह्रै टक्का गरेर नहुने धारणा राख्नुभयो ।

राम्रा गरेको दललाई चयन गर्ने अधिकार जनतालाई रहेको भन्दै प्रधानमन्त्री कार्कीले जनताको भावना अनुसार राजनीतिक दलहरु चल्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाले राजनीतिक दलको गीत गाएर मात्रै नहुने भन्दै सवैले देशको बिकासका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री कार्कीले सुशासनका लागि पनि वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको समेत बताउनुभयो ।

उहाले निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुबाट सकारात्मक सुझाव र सहयोग प्राप्त भएकाले निर्वाचनको वातावरण बन्दै गएको उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्