कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।

आज बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।

आजको बैठकमा महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतका विषयमा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्