काठमाडौं, असार ३० । गोकर्णेश्वर नगरपालिकाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पूर्ण नगरवासीका लागि जारी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ।
नगरपालिकाले विगत दुई वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ र बीमा शुल्क पनि पूर्ण रूपमा स्वयं नै व्यहोर्दै आएको छ। यस कार्यक्रम अन्तर्गत नगरवासीहरूले स्वास्थ्य सेवामा पहुँचलाई सहज बनाउन बीमा सुविधा पाउँदै आएका छन्। हाल नयाँ दर्ता तथा नविकरण प्रक्रिया सुरु भएको छ, जसका लागि सम्बन्धित वडाको स्वास्थ्य बीमा सहजकर्तासँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
बीमा सेवामा सहभागी हुनका लागि गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुनुका साथै नागरिकता प्रमाणपत्र र मतदाता परिचयपत्र अनिवार्य रूपमा आवश्यक हुनेछ। मेयर दिपक रिसालले नगरवासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै आएको बताएका छ्न।
मेयर रिसालले बीमा पहुँचविहीन वर्गलाई लक्षित गरी सञ्चालित यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए ।











