काठमाडौं, असार ३० । काठमाडौं महानगरले ‘सेफ फुड’ काठमाडौं अभियान चलाउने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले उपभोक्ताको हितका लागि सेफ फुड काठमाडौं अभियान चलाउने उल्लेख गरेका हुन्।
यस्तै, महानगरले हिंसामा परेका, पीडित र सडकमा बसोबास गर्न बाध्य बालबालिकालाई तत्काल सुरक्षा दिने उद्देश्यसहित संरक्षण गृह सञ्चालन गर्ने भएको छ।
यसबाट बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापना कार्य प्रभावकारी हुने जनाएको छ।









