मकवानपुरमा कमल थापा दोस्रो, कांग्रेसकी डिनाको डबलभन्दा बढी मतको अग्रता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ मंसिर । मकवानपुर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले डबलभन्दा बढी मतले अग्रता लिएकी छिन् ।

उनले प्रतिस्पर्धी एमालेको सूर्य चिन्ह लिएर उम्मेदवारी दिएका राप्रपा नेपालका कमल थापालाई चार सय ३८ मतले पछि पारेकी छिन् ।

मकवानपुर प्रतिनिधिसभा १ मा हालसम्म १३ सय ३५ मतगणना भएको छ । जसमा डिनाले सात सय ८९ र थापाले तीन सय ५१ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका दिपकबहादुर सिंहले ५० मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्