बाढीपहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, १३०३ मेगावाट क्षमता प्रभावित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असोज ११ । अविरल वर्षासँगै आएको बाढीपहिरोले देशभरका विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। जलविद्युत् आयोजना, प्रसारण लाइन र सबस्टेसनमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीपहिरो, प्रसारण लाइनमा फल्ट, उपकरणमा क्षति तथा लाइन ओभरलोडका कारण पोखरा, बुटवल, हेटौँडा र काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ। विभिन्न अवरोध, उत्पादन कटौती र लोड कटौतीका कारण करिब १ हजार ३०३ मेगावाट बराबरको विद्युत् क्षमता प्रभावित भएको प्राधिकरणले जनाएको छ।

पोखरा क्षेत्रमा सबैभन्दा बढी प्रभाव

बाढीपहिरोका कारण पोखरा क्षेत्रको विद्युत् प्रणालीमा ठूलो क्षति पुगेको छ। कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फल्ट आउँदा करिब २०० मेगावाट तथा राहुघाट–दाना प्रसारण लाइनमा समस्या आउँदा करिब १५५ मेगावाट विद्युत् प्रवाह प्रभावित भएको छ।

कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायत जलविद्युत् आयोजनामा बाढी पसेपछि उत्पादन तथा विद्युत् आपूर्ति प्रभावित भएको छ। पोखरा र आसपासका आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमता प्रभावित भएको प्राधिकरणले जनाएको छ।

बुटवल र हेटौँडामा पनि असर

बुटवल र हेटौँडाका औद्योगिक क्षेत्रमा समेत विद्युत् आपूर्ति प्रभावित भएको छ। न्यू बुटवल–कुस्मा २२० केभी लाइनमा फल्ट आउँदा करिब ११० मेगावाट विद्युत् प्रभावित भएको छ।

न्यू भरतपुर–न्यू बुटवल २२० केभी लाइनमा रुख ढलेपछि अवरुद्ध भएको प्रसारण लाइन भने पुनः सञ्चालनमा ल्याइएको छ। यस्तै, चापर–पथलैया १३२ केभी लाइन अवरुद्ध हुँदा कावासोती सबस्टेसनबाट करिब एक घण्टा लोड कटौती गरिएको थियो।

माण्डु ६६ केभी लाइनमा बाढीले क्षति पुर्‍याउँदा ३२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। कावासोती–भरतपुर १३२ केभी लाइनअन्तर्गत भरतपुर सबस्टेसनमा सीभीटी जलेपछि अमलेखगञ्ज, परवानीपुर र वीरगञ्ज क्षेत्रका उद्योगमा करिब ८० मेगावाट तथा सिमरा सबस्टेसनबाट २० मेगावाट लोड कटौती भएको प्राधिकरणले जनाएको छ।

काठमाडौंमा भने सामान्य प्रभाव

काठमाडौं उपत्यकाका पाटन र टेकु सबस्टेसनमा बिहान करिब १० मिनेट विद्युत् सेवा अवरुद्ध भएको थियो। पाटन क्षेत्रमा प्रसारण लाइन ओभरलोड भएपछि बाढीका कारण एमआरएस आपत्कालीन आपूर्ति प्रयोग गरी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्