७२ जिल्लामा फैलियो डेंगु, दुई हजारभन्दा बढी संक्रमित, दुई जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । बर्खायामसँगै देशभर डेंगु संक्रमण तीव्र रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२६ को जनवरीयता देशका ७२ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार हालसम्म २ हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। तीमध्ये अधिकांश संक्रमित पछिल्लो एक महिनामा थपिएका हुन्। संक्रमणका कारण दुई जनाको मृत्यु समेत भइसकेको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा धेरै ५६८गण्डकी प्रदेशमा ५३२ संक्रमित रहेका छन्। त्यसपछि बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेशमा ७२कर्णालीमा ४२ संक्रमित भेटिएका छन्।

जिल्लागत रूपमा झापा २०४ संक्रमितसहित पहिलोबागलुङ १८० संक्रमितसहित दोस्रो स्थानमा छन्। त्यसपछि सुनसरी (१६१), पाल्पा (११६), कास्की (११०), काठमाडौं (९७), रूपन्देही (६७), ओखलढुंगा (६४), गोरखा (६४)तनहुँ (६२) मा उल्लेख्य संक्रमण देखिएको छ।

ईडीसीडीअन्तर्गत किटजन्य शाखाका प्रमुख तथा किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार गत वर्षको तुलनामा यस वर्ष संक्रमण करिब ५० प्रतिशतले घटेको भए पनि जोखिम भने अझै उच्च रहेको छ।

उनले असारको अन्त्यदेखि भदौसम्मको अवधि डेंगु फैलिने सबैभन्दा संवेदनशील समय भएकाले सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले संक्रमण केही घटे पनि जोखिम कायम रहेकाले लापरबाही नगर्न सुझाव दिएका छन्।

महाशाखाले बढी प्रभावित जिल्ला र स्थानीय तहमा नियमित निगरानी, प्राविधिक सहयोग तथा सचेतना अभियान सञ्चालन गरिरहेको जनाएको छ। तीनमहिने अभियानअन्तर्गत डेंगु सार्ने एडिस एजिप्टी लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने र समुदायस्तरमा जनचेतना फैलाउने कार्यलाई तीव्र बनाइएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको लामखुट्टेको बासस्थान र प्रजननस्थल नष्ट गर्नु, घर–आँगनमा पानी जम्न नदिनु तथा व्यक्तिगत सुरक्षाका उपाय अपनाउनु हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्