फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाण्डाै, पुस १२ । चलचित्र विकास बोर्ड चलचित्र घर (फिल्महल) हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै बोर्डले ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो ।

यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्न पनि आग्रह गरिएको छ । बोर्डको आग्रहलाई बेवास्ता गरेका प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्