नेप्से ३१ अंकले बढेर २६९५ विन्दुमा बन्द, कारोबार रकम साढे ८ अर्ब नाघ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार उत्साहजनक वृद्धि देखिएको छ। कारोबार समयभर उतारचढावका बीच नेप्से परिसूचक ३१ दशमलव ५४ अंक अर्थात् १ दशमलव १८ प्रतिशतले बढेर २ हजार ६९५ दशमलव ६० विन्दुमा पुगेर बन्द भएको हो।

परिसूचकमा वृद्धिसँगै सेयर बजारमा कारोबार रकम पनि बलियो देखिएको छ। आज ३५० वटा स्क्रिप्सका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर ६९ हजार ६१९ पटक किनबेच हुँदा कुल ८ अर्ब ५७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। त्यस्तै, ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सेयर मूल्य बढ्ने कम्पनीमध्ये बेनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १५ प्रतिशत नाफा कमाएका छन्। स्वाभिमान लघुवित्तको सेयर मूल्य ८ दशमलव ७२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ५ दशमलव ६१ प्रतिशत, नेपाल फाइनान्सको ५ दशमलव ४९ प्रतिशत र एनआईसी एसिया बैंकको ४ दशमलव ६९ प्रतिशतले बढेको छ।

समूहगत रूपमा बैंकिङ उपसमूह २ दशमलव २८ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन र अन्य समूह समान २ दशमलव ०५ प्रतिशतले बढ्दा फाइनान्स समूह १ दशमलव ६९ प्रतिशत र विकास बैंक समूह १ दशमलव ५५ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंकको २५ करोड ३८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख रुपैयाँ र कुमारी बैंकको २३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्