काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। बुधबार प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।










