११ कात्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।
मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ रहेकोमा बुधबार बढेर दुई लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला तीन हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।










