डोटीमा ट्याङ्कर दुर्घटना, डडेल्धुराका धामीको मृत्यु

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, २६ कार्तिक

डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाक जिल्लाको केआइ-सिंह गाउँपालिका ४ काफलीमा सडक मर्मतका लागि पानी लग्दै गरेको ट्यांकर दुर्घटना भएको हो ।

ना२ख ६८२७  नम्बरको ट्याङ्कर दुर्घटनामा हुँदा चालक डडेल्धुराको आलिताल गाउँपालिका-८ का ३८ वर्षीय दानबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा चालक धामी ट्यांकरमुनि च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि पठाउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्