मोरङ ३ प्रदेशसभा ‘क’ : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

न्युज कारखाना
  • ख-
  • ख+

विराटनगर, २५ कात्तिक।।मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए । कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।  कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ ।

आयोगका अनुसार उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपरान्ह ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई आजैअपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्