प्रकाशमानलाई भोट माग्दै पूर्वप्रधानमन्त्री भट्टराई

खबर बुक
  • ख-
  • ख+

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा) संयोजक डा. बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका  उम्मेद्वार कांग्रेस नेता प्रकाशमान सिंहलाइृ मत माग्ने क्रममा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं क्षेत्र नम्बर १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन आग्रह गरे ।

‘ अहिलेको निर्वाचन बिशिष्ठ छ । सामान्य अबस्थामा दलहरुब्ीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ,’ उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’

त्यस्तै सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरे । उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘संविधान बन्यो ।

कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयनको अवसर दिन आग्रह गरे । संविधानलाई रक्षा गर्दै प्राप्त उपलब्धिहरुको रक्षा गर्दै र संस्थागत गर्दै विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनलाई मत आवश्यक छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्