उपराष्ट्रपति पुन : चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु नेपालका लागि ठूलो अवसर हो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २४
उपराष्ट्रपति नन्दबहादुर पुनले चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु नेपालका लागि ठूलो अवसर भएको बताउनुभउको छ । बिहीबार काठमाडौंमा नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संसारमा निकट भविष्यमै विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु अवसर भएको बताउनुभएको हो ।

उहाँले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने धारणा राख्नुभयो । उपराष्ट्रपति पुनले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको नेपालको व्यापार अवस्था भने सन्तोषजनक नरहेको उल्लेख गर्नुभयो । प्रत्येक नेपालीको आर्थिक सामाजिक रूपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि नेपाली अर्थतन्त्रमा व्यापक सुधार गर्नुपर्ने उहाको भनाई छ ।

उहाँले कृषिजन्य उत्पादन, जडीबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने बताउनुभयो । नेपाल चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीच रहेका मुख्य दुई तातोपानी र केरुङ नाका पूर्ण क्षमतामा सञ्चालनका लागि दुवै तर्फबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्