बाजुरामा भूकम्पको धक्का

खबर बुक
  • ख-
  • ख+

बाजुरा, २४ कात्तिक ।
सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो ।

भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्