८ कात्तिक, काठमाडौं । सरकारले बजारमा सिटामोल अभाव नरहेको दाबी गरेको छ। नेपाल औषधि लिमिटेडले प्रेस विज्ञप्ति जारी गरी सिटामोलको उत्पादन र आपूर्ति नियमित भइरहेकाले अभाव नरहेको दाबी गरेको हो।
लिमिटेडको प्रमुख उत्पादनको रूपमा रहेको सिटामोल खरिदका लागि सम्पर्क गर्ने सबै स्टकिष्ट, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
डेंगु संक्रमण बढेको अवस्थामा सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडले आफ्नो बिक्री महाशाखाको काउण्टरबाटसमेत खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ।