स्वास्थ्य बिमा सुधारका लागि बन्यो आचार्यको संयोजकत्वमा ९ सदस्यीय सुझाव समिति

खबर बुक
  • ख-
  • ख+

१३ असोज, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा देखिएका समस्या समाधानका लागि सुझाव दिन डा. सम्भुप्रसाद आचार्यको संयोजकत्वमा ९ सदस्यीय सुझाव समिति गठन गरेका छन्।

समितिमा अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा. भगवान कोइराला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मासहित अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक र निजी क्षेत्रका प्रतिनिधिलाईसमेत राखिएको छ।

विद्यमान स्वास्थ्य बिमाको कानूनी अवस्था, सेवाप्रवाहका विषयमा देखिएका सबल र दुर्बल पक्षबारे विश्लेषणसहितको प्रतिवेदन बुझाउन समितिलाई कार्यादेश दिइएको छ। जनस्वास्थ्य सुधारका लागि अबलम्बन गर्नुपर्ने नीति र स्वास्थ्य बिमा रकम बढाउँदा आउन सक्ने स्रोतका विषयमा पनि समितिले प्रतिवेदनमा खुलाउने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्