काठमाडौैं, २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले काठमाडौँ क्षेत्र नं १ का नेपाली कांग्रेसका उमेद्वार प्रकाशमान सिंहलाई समर्थन गरेकाे छ ।
लाेसपाले विज्ञप्ती जारी गर्दै काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा उमेद्वार नेपाली कांग्रेसका प्रकाश मान सिंह र काठमाडौं क्षेत्र नं १ (क) का उमेद्वार दिपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने जनएकाे हाे ।
काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभाका लोकतान्त्रिक समाजवादी पाटी नेपालका उमेद्वार प्रकाश नायजु एवं काठमाडौँ क्षेत्र नं १ को प्रदेश सभा १ (क) का उमेद्वार रणविर सिंह क्षेत्रीले आज उप्रान्त कतै पनि घर दैलो, समाजिक संजाल अर्न्तगतका क्रियाकलाप मार्फत आफनो प्रचार प्रसार नगर्ने जनाएकाे छ ।
विज्ञप्तीमा काठमाडौँ क्षेत्र नं १ (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (साईकल चिन्ह) का उमेद्वार करण श्रेष्ठकाे उमेद्वरी भने यथावत रहने उल्लेख गरिएकाे छ ।