घरेलु हिंसाविरुद्ध उजुरी दर्ता हुने क्रम बढ्दै

खबर बुक
  • ख-
  • ख+

गत ३ महिनामा दर्ता भएका महिला हिंसाका उजुरीहरूमा सबैभन्दा बढि घरेलु हिंसाको उजुरी दर्ता भएका छन् ।

राष्ट्रिय महिला आयोगको तथ्याङ्क अनुसार गत साउन देखि असोज मसान्तसम्म आयोगमा ३ सय ६६ वटा उजुरी दर्ता भएका छन् । जसमा करिब ७० प्रतिशत घरेलु हिंसामो उजुरी दर्ता भएको छ ।

आयोगका अनुसार घरेलु हिंसाका मात्रै २ सय ५६ वटा उजुरी दर्ता भएका छन् । साउनमा १ सय २१ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको थियो भने भदौ घटेर ८५ वटा घरेलु हिंसाका उजुरी दर्ता भएको थियो । असोजमा यो सङ्ख्या अझै घटेको छ ।

आयोगका अनुसार ५० वटा उजुरी मात्रै दर्ता भएको छ । दर्ता भएका उजुरीहरू हाल कारबाहिकै प्रक्रियामा रहेको आयोगका प्रवक्ता चमिला भट्राईले  बताउनुभयो । आयोगमा गत ५ वर्षमा भने १६ हजार ५ सय ९८ वटा उजुरी दर्ता भएका छन् ।

जसमा अनलाई मार्फत मात्रै ६ हजार ३ सय ८५ उजुरी दर्ता भएको आयोगले जनाएको छ । दर्ता भएका उजुरीहरू मध्ये १६ हजार २ सय ९३ वटा उजुरीको सुनुवाई गरिएको आयोगले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्