निलम्बित प्रधानन्याधीश चोलेन्द्रको बयान आज पनि हुँदै

खबर बुक
  • ख-
  • ख+

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको बयान लिइरहेको छ ।

हिजाे समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिनुभयाे।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उहाले ४ वटा प्रश्नको मात्र जवाफ दिनुभएकाे छ । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गर्नुभएकाे छ ।

उहाले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गर्नुभयाे। बुधबार जबराले चार घण्टा बयान दिनुभएकाे  थियाे ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्