इमर्जेन्सीमा आएका बिरामी नफर्काउन स्वास्थ्य मन्त्रालयको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। स्वास्थ्य मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी)मा उपचार गर्न आउने बिरामीलाई नफर्काउन स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयले इमर्जेन्सीमा आएका बिरामीलाई तत्काल उपचार दिन निर्देशनसहितको पत्र काटेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गरी इमर्जेन्सीमा आउने बिरामीलाई उपचार दिएर स्वास्थ्य अवस्था स्थिर बनाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए सेवा पाउने ठाउँमा पठाउन आग्रह गरेको छ।

यसरी अर्को अस्पतालमा पठाउँदा सो अस्पतालसँग समन्वय गरेर बिरामीलाई चाहिने सेवा उपलब्ध हुने अवस्थामा मात्र पठाउन  मन्त्रालयको आग्रह छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्