‘छोरीहरू’लाई पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने मेयर रिसालको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले ‘छोरीहरू’को उच्च शिक्षामा विशेष ध्यान दिँदै, नर्सिङ शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ। यो कार्यक्रमले नगरपालिकामा स्थायी बसोबास भएका ‘छोरीहरू’लाई पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्नेछ। यस कदमले नगरपालिकाका छोरीहरूको शैक्षिक तथा व्यावसायिक प्रगतिको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

नगरपालिकाले आफ्ना स्थायी नागरिकहरूलाई यो छात्रवृत्ति कार्यक्रमको फाइदा उठाउनका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ। यो कार्यक्रमको लागि आवेदन दिने इच्छुकहरूले आफ्नो नागरिकता प्रमाण(पत्र वा मतदाता परिचय पत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ।

नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले, यो कार्यक्रमले नर्सिङ क्षेत्रमा नेपाली छोरीहरूको सहभागिता बढाउने र उनीहरूको भविष्य उज्ज्वल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्